नियम ७१
अनिवार्य अवकाश
: (१) प्रहरी कर्मचारीले देहाय बमोजिम जुन पहिले हुन्छ सोही आधारमा प्रहरी सेवाबाट स्वतः अवकाश पाउनेछ ः-
(क) देहायको पदमा बहाल रहेको प्रहरी कर्मचारीको देहाय बमोजिमको उमेर पूरा भएमा ः-
(१) प्रहरी नायब महानिरीक्षक – ५६ वर्ष
(२) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – ५५ वर्ष
(३) प्रहरी नायब उपरीक्षक – ५४ वर्ष
(४) प्रहरी निरीक्षक – ५३ वर्ष
(५) प्रहरी नायब निरीक्षक – ५२ वर्ष
(ख) देहायका पदमा देहायको अवधिसम्म बहाल रहेको प्रहरी कर्मचारीले सो अवधि पूरा भएमा ः-
(१) प्रहरी नायब महानिरीक्षक – ५ वर्ष
(२) प्रहरी वरिष्ठ उपरीक्षक – ६ वर्ष
(३) प्रहरी उपरीक्षक – १० वर्ष
(ग) प्रहरी कर्मचारीको नोकरी अवधि तीस वर्ष पूरा भएमा ।
(२) उपनियम (१) को खण्ड (क) को प्रयोजनको लागि प्रहरी कर्मचारीको उमेरको हिसाब गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर, निजले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण ( सिटरोल) मा लेखी दिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेर मध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा उमेर गणना गरिनेछ ।
(३) उपनियम (१) को खण्ड (ख) वा (ग) बमोजिम अवकाश प्राप्त गर्ने प्रहरी कर्मचारीको हकमा निजको खण्ड (क) बमोजिमको उमेर बा“की अवधि रहेमा त्यसरी बा“की हुन आउने अवधि थप गरी निजले पाउने निवृत्तिभरणको हिसाब गरिनेछ ।
(४) सम्वत् २०४९ साल फागुन १५ गते भन्दा अघि प्रहरी सेवा वा नेपाल विशेष सेवामा नियुक्ति पाई तत्कालीन विशेष प्रहरी विभागबाट केन्द्रमा स्थानान्तरण भई उपनियम
(१) बमोजिम अवकाश प्राप्त गरेका वा गर्ने प्रहरी कर्मचारीले निज नियुक्ति हुदाका बखत वहाल रहेको निजको सेवा, समूह सम्बन्धी नियमावली बमोजिम अवकाश प्राप्त गर्न जति उमेर बा“की रहेको छ सो अवधि निजले गरेको जम्मा नोकरी अवधिमा थप गरी निजले
पाउने निवृत्तिभरणको हिसाब गरिनेछ ।